शिवम होल्डिङ्ग्सको लाभांश घोषणा

सोमबार, ०७ असोज २०८१, ०९ : ४४

काठमाडौँ- शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। सञ्चालक समितिको असोज ४ गतेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो।

कम्पनीले कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोडको २।५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो।

असोज ३० गते अनामनगरमा बस्ने तेस्रो वार्षिक साधारणसभाले लाभांश पारित गरेपछि सेयरधनीले पाउनेछन्। साधारणसभा बिहान ११ बजे बस्नेछ।  साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसूची छ ।

सोमबार, ०७ असोज २०८१, ०९ : ४४

प्रतिक्रिया