दुई महिनामा ६ अर्बभन्दा बढीको स्मार्टफोन नेपाल भित्रियो

मंगलबार, ०८ असोज २०८१, १२ : ५५

 काठमाडौँ - भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएका छन् । 

नेपालले दुई महिनाको अवधिमा विदेशबाट ४ लाख ५४ हजार ९ सय ५८ थान मोबाइल नेपाल आएको तथ्यांकले देखाएको छ । केही समयअधिसम्म सुनसान बनेको मोबाइल व्यवसय अहिले भने चलायमान बन्दै गएको छ । 

यस्ता स्मार्टफोनहरू नेपालमा अस्ट्रेलिया, बंगलादेश, जापान, भारत ,चीन बेल्पिजयम, अमेरिका मेनमार्क, फिनल्याड, जर्मनी, मलेसिया ओमन बतार लगायतका विभिन्न देशहरूबाट आयात हुने गर्दछन् । 

नेपालमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ ।साउन र भदौमा मात्रै चीनबाट मात्रै ४ अर्ब ६ करोड ७२ लाख बराबरका ३ लाख १८ हजार ९ सय ३ वटा स्मार्ट फोन नेपाल भित्रिएका छन् । 

यस्तै भारतबाट २ अर्ब ५५ करोड ३५ लाख ९९ हजार मूल्य बराबरका १ लाख ३५ हजार ७६ वटा स्मार्ट फोन आयात भएका छन् ।


 

मंगलबार, ०८ असोज २०८१, १२ : ५५

प्रतिक्रिया