निश्चित सर्त राखेर सुपारी, मरिच र केराउको आयात प्रतिबन्ध फुकुवा

विहीबार, १० असोज २०८१, १० : ३३

काठमाडौ - सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको  आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको आयात गर्ने दिने बताएको हो । निश्चित सर्त राखेर उत्पादनमूलक उद्योगलाई सुपारी, केराउ र मरिचको आयात खुला गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विशेषगरी सुपारी, केराउ र मरिच आन्तरिक खपतभन्दा पनि भारतमा तस्कर हुनेहुँदा सरकारले यी वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ । यी सामग्रीहरूमा सरकारले हरेक वर्षजसो बन्देज लाउने र कहिले सोही वर्ष र कहिले एक÷वर्षको अन्तरालमा आयात खुला गर्नेगरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । पछिल्लो समय औद्योगिक उत्पादनको लागि सुपारी, केराउ र मरिच आवश्यक परेको भन्दै उद्योगीहरूले आयात खुला गराउन वाणिज्य मन्त्री दामोदर भण्डारी तथा मन्त्रालयका अधिकारीहरूलाई आग्रह गरेसँगै सहजीकरण गरेको उनीहरू बताउँछन् ।

 उद्योगहरूले लामो समयदेखि  सुपारी करोउ, मरिच र छोकडा आयात गर्न नपाएको कारण  समस्यामा परेको गुनासो गर्दै आएकोमा त्यसलाई समाधान गर्नका लागि मन्त्रालय अघि बढेको बताइएको छ । उद्योगीहरूले समिति अर्थात् क्षेत्र छुटाएर मात्र ती वस्तुको आयात गर्न दिँदा अन्य उद्योगहरूको समस्यामा परेको उद्योगीहरूको भनाइ थियो । कच्चा सुपारी, केराउ, मरिच र छोकडा प्रयोग हुने उद्योगहरू मुलुकमा प्रशस्त भएको कारणले गर्दा उनीहरूले यसको आयात खुला गर्न माग गर्दै आएका थिए । यसअघि २०७९ असार मसान्तसम्म सुपारी, मरिच र केराउ आयात खुला गर्ने निर्णय गरेको थियो भने सोलगत्तै आयातमा प्रतिबन्ध लगाएको थियो ।

विहीबार, १० असोज २०८१, १० : ३३

प्रतिक्रिया