सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो

आइतबार, १३ असोज २०८१, ११ : ५०

काठमाडौँ - नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । शुक्रबारको कारोबारमा चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएकोमा आइतबार घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो । 

आइतबार, १३ असोज २०८१, ११ : ५०

प्रतिक्रिया