डल्ले च्याउ १२६ रुपियाँले महँगियो, अन्यको भाउ कति ?

सोमबार, १४ असोज २०८१, ०८ : ००

काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी दिनकै महँगो हुँदै गइरहेको छ । यसै क्रममा आज पार्सले र डल्ले च्याउको भाउ आइतबारको तुलनामा अकासिएको छ ।

कालिमाटीमा आज पार्सले प्रतिकिलो २२६६ रुपियाँ तोकिएको छ । हिजो भने १९०० मा किनबेच भएको थियो । यो किलोमा ३६६ रुपियाँले बढेको हो । 

त्यस्तैगरी, डल्ले च्याउको मूल्य १२६ रुपियाँले बढेको छ । हिजो ३०० रुपियाँमा कारोबार भएको च्याउ यसदिन बढेर ४२६ रुपियाँ पुगेको छ ।  यसदिन हरियो धनिया १७ रुपियाँ सस्तिएर ३८३, हरियो लसुन १०० रुपियाँ सस्तिएर २७६ रुपियाँ र रायो साग ५० रुपियाँ सस्तिएर ९५ रुपियाँमा कारोबार भइरहेको छ । 

सोमबार, १४ असोज २०८१, ०८ : ००

प्रतिक्रिया