आज कालीमाटिमा सबैभन्दा सस्तो हाईब्रिड काक्रो, अन्यको कति ?

मंगलबार, १५ असोज २०८१, ०८ : ५३

काठमाडौँ-अविरल बर्षाका कारण बाढी, पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने तरकारीहरू आउन समस्या भइरहेको छ ।

माग बढी र आपूर्ति कम हुँदा बजारमा तरकारीको भाउ आकाशिएको छ । आज कालीमाटीमा सबैभन्दा सस्तो हाइब्रीड काक्रोको भाउ प्रतिकेजी ३५ रुपैयाँ छ भने बर्षाअघि सबैभन्दा सस्तो रहेको मूलाको भाउ प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज तने बोडीको भाउ प्रतिकेजी १५ रुपैयाँले बढेर १२५ रुपैयाँ पुगेको छ । त्यस्तै, आज पाकेको फर्सी प्रतिकेजी ५५ रुपैयाँ, सिमी ११० रुपैयाँ र मुडेको आलु ७६ रुपैयाँ पुगेको छ । कालीमाटीमा पार्सलेको भाउ सबैभन्दा महँगो प्रतिकेजी १ हजार २३३ रुपैयाँ ३३ पैसा रहेको छ । अन्य केही तरकारीको भाउ सोमबारको तुलनामा सामान्य घटेको छ भने केहीको मूल्य स्थिर रहेको छ । 

मंगलबार, १५ असोज २०८१, ०८ : ५३

प्रतिक्रिया