प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

मंगलबार, १५ असोज २०८१, ११ : २५

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो । हिजो (आईतबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी १५ रुपैयाँ घटेको हो ।

मंगलबार, १५ असोज २०८१, ११ : २५

प्रतिक्रिया