गोलभेडा, आलु, प्याजदेखि कुरीलो सम्मको भाउ बढ्यो, अन्यको कति ?

बुधबार, १६ असोज २०८१, ०८ : ४१

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज बुधबार पनि केही तरकारी र फmलफूलको भाउ बढेको छ । यसअघि प्रतिकेजी ५५ रहेको सानो लोकल गोलभेडाको भाउ बढेर आज ६५ रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा ८३ रुपैयाँ ७५ पैसा, रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज १२७ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै, सुकेको प्याज प्रतिकेजी १२७ रुपैयाँ ६७ पैसा, घिउ सिमी १२५ रुपैयाँ, लौका ९५ रुपैयाँ, चिचिण्डो ७५ रुपैयाँ, डल्लो फर्सी ६५ रुपैयाँ तोकिएको छ भने चिचिण्डो ७५ रुपैयाँ पर्नेछ । 

त्यस्तै, भिण्डीको भाउ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने स्कुस ४५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, तोरीको साग ६५ रुपैयाँ, हरियो प्याज १९० रुपैयाँ, कुरीलो ६५० रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, पार्सले २ हजार २६६ रुपैयाँ ६७ पैसा पर्नेछ । 

यसैगरी, गान्टे मूला प्रतिकेजी ८५ रुपैयाँ, हरियो तरबुजा ८५ रुपैयाँ र लोकल काक्रो प्रतिकेजी ९५ रुपैयाँ तोकिएको मूल्यसूचीमा उल्लेख छ । 

बुधबार, १६ असोज २०८१, ०८ : ४१

प्रतिक्रिया