काठमाडौं- बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ लाख ६० हजार ८ सयमा कारोबार छ । यसअघि मंगलबार सुनको मूल्य १ लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले बढेर १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया