आगन स्वीट्स ब्राण्डले तिर्‍यो २ लाख जरिवाना

बुधबार, १६ असोज २०८१, १३ : २६

काठमाडौँ- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ ।

विभागले बुधबार जावलाखेल ललितपुर महानगरपालिका १५  स्थित आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको हो । यस कम्पनीमा पुरानो खुइलिसकेको प्याकेटको खाने तेल प्रयोग गरी मिठाइ उत्पादन गरिएको फेला पारेको थियो ।  ललितपुरकै हानकुक साराङ रेस्टुरेन्ट प्रालि ३ लाख जरिवाना तिराएको छ । 

बुधबार, १६ असोज २०८१, १३ : २६

प्रतिक्रिया