सुनको मूल्यले बनायो नयाँ रेकर्ड

शुक्रबार, १८ असोज २०८१, ११ : ५५

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो । 

यसअघि नेपाली बजारमा असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यससता सुनको मूल्य घटबढ भएर कारोबार हुँदै आएकोमा बिहीबार तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको थियो । जसअनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको हो । 

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ ।
 

शुक्रबार, १८ असोज २०८१, ११ : ५५

प्रतिक्रिया