काठमाडौँ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याइएका खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गर्ने भएको छ ।
जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको कम्पनीले जनाएको छ ।यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ । गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो ।
उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । कम्पनीले दसैँमा १ हजार ५०० खसी बोका र ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।
यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट २० गते आइतबारदेखि बिक्री गरिने कम्पनीले जनाएको छ । मकवानपुरबाट ल्याइएका खसीबोका आज बिहानसम्म २०८ वटा थापाथली आइपुगेका छन् ।
प्रतिक्रिया