सुनको गहना खरिदमा रिद्धि सिद्धिको छुट धमाका

सोमबार, २१ असोज २०८१, १४ : ५५

काठमाडौँ - राजधानीको विशालबजारमा रहेको श्री रिद्धि सिद्धि ज्वेलर्स ले दसैँको अवसरमा ‘ज्यालामा छुट धमाका’ सार्वजनिक गरेको छ । 

यसअघि नै जर्ती नलिने घोषणा गरेको रिद्धि सिद्धिले अब ५.९९ प्रतिशत ज्यालामै सुनका गहना बिक्री गर्ने घोषणा गरेको हो । सुन चाँदी व्यवसायीहरूको तीव्र विरोधका बीच रिद्धि सिद्धिले पहिलो पकटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो । 

अहिले आएर दसैँको मुखमा रिद्धि सिद्धिले थप सहुलियत दिएको हो ।  रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार आजदेखि असोज २४ गतेसम्म यो अफर लागू हुनेछ ।

यो अवधिमा उपभोक्ताहरूले बढी भन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिलेको बताए । विशालबजारस्थित पसल नम्बर १ र १० मा श्री रिद्धि सिद्धि ज्वेलर्स रहेको छ । 

सोमबार, २१ असोज २०८१, १४ : ५५

प्रतिक्रिया