सुनको मूल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, २२ असोज २०८१, ११ : ०४

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा ४ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार, २२ असोज २०८१, ११ : ०४

प्रतिक्रिया