प्रतितोला एक हजार ४०० रुपैयाँले बढ्यो सुनको मुल्य

मंगलबार, २९ असोज २०८१, ११ : २०

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  

मंगलबार, २९ असोज २०८१, ११ : २०

प्रतिक्रिया