सुनको मूल्य फेरी बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, ०१ कार्तिक २०८१, ११ : ०८

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विहीबार, ०१ कार्तिक २०८१, ११ : ०८

प्रतिक्रिया