काठमाडौँ - चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४।७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो । आर्थिक वर्ष २०८१र८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
प्रतिक्रिया