सुनको मुल्य हालसम्मकै उच्च

आइतबार, ०४ कार्तिक २०८१, ११ : ०३

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य पुनः उच्च भएको छ । 

आइतबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

आइतबार, ०४ कार्तिक २०८१, ११ : ०३

प्रतिक्रिया