कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्टराई विजयी

सोमबार, ०५ कार्तिक २०८१, ११ : ०१

काठमाडौँ- कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदीप भट्टराई विजयी भएका छन् । भट्टराईले नेतृत्व गरेको लोकतान्त्रिक व्यवसायी समूहका अधिकांश पदाधिकारी र सदस्यहरू विजयी भएका छन् । प्रदीप भट्टराईले ७ सय ९५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी अञ्जना धितालले ६ सय ४६ मत पाएका थिए । 

सङ्घको वरिष्ठ उपाध्यक्षमा चण्डी प्रसाद गैरे, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुवेदी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राज कुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सह–कोषाध्यक्षमा टङ्क प्रसाद खनाल विजयी भएका छन् । गैरेले ७ सय ८४ मत, सुवेदीले ७ सय १६ मत, विष्टले ८ सय ४९ मत, भण्डारीले ८ सय ३५ मत, पौडेलले ७ सय ६५, कँडेलले ७ सय ४८ र खनालले ७ सय ७६ मत पाएका थिए । महिला सदस्यहरूमा ममता थापा, सीता गोगी अधिकारी विजयी भएकी छिन् ।

 यसै गरी खुला सदस्यहरूमा अङ्कित सिग्देल, ढक बहादुर थारु, अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरण प्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसिएट सदस्यमा राजेन्द्र प्रसाद रिजाल विजयी भएका छन्। 

१ हजार ६ सय ६८ मतदाता मध्ये १ हजार ४ सय ९५ अर्थात् ८८.६८ प्रतिसतले मतदान गर्नु भएको थियो । १ सय ९२ जना मतदाताले निर्वाचनमा मताधिकारको प्रयोग गरेनन्। 

सोमबार, ०५ कार्तिक २०८१, ११ : ०१

प्रतिक्रिया