सुनको मूल्य निरन्तर बढ्दै, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, ०६ कार्तिक २०८१, १० : ४६

काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ । 

सोहीअनुसार आज पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो । यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

मंगलबार, ०६ कार्तिक २०८१, १० : ४६

प्रतिक्रिया