तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ५०

काठमाडौँ - यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान हो । तिहारको बेला प्रत्येक वर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको छ । यस वर्ष ४५ लाख माला खपत हुने अनुमान गरिएको छ । 

तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ५०

प्रतिक्रिया