सुनको मूल्यमा गिरावट

विहीबार, ०८ कार्तिक २०८१, १० : ५९

काठमाडौँ-  निरन्तर उकालो लागेको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधवार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधवार चाँदी २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार, ०८ कार्तिक २०८१, १० : ५९

प्रतिक्रिया