सुनको मूल्य पुरानै कायम, चाँदीको मुल्य घट्यो

शुक्रबार, ०९ कार्तिक २०८१, १० : ५१

काठमाडौ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने केही घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार, ०९ कार्तिक २०८१, १० : ५१

प्रतिक्रिया