काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आजदेखि स्थानीयका लागि साधारण शेयर बिक्री सुरु गरेको छ ।
कम्पनीले १६ लाख कित्ता आईपीओमा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोबास गर्नेहरुले मात्र आवेदन दिन सक्नेछन् ।
उक्त शेयर छिटोमा जेठ २८ र ढिलोमा असार १३ सम्म बिक्रीमा रहने छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी रु ८२ करोड छ । शेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी रु १ अर्ब ६० करोड पुग्नेछ कम्पनीको शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा कम हो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।