विलासी र महंगा वस्तु आयातमा कडाइ गर्दे सरकार,करको माध्यमबाटै कस्ने तयारी

४ बर्ष अगाडि

काठमाडौँ – सरकारले विलासी र महंगा वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको छ । भन्सारदर बढाएर वा गुणतस्तरताबाट कसेर भएपनि यस्ता वस्तुको आयातमा कडाइ गरिने भएको हो । 

व्यापार घाटा न्युनिकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ मार्फत विलासी र महंगा वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको हो । यो कार्ययोजना मन्त्रिपरिषदको बैठकले पारित गरिसकेको  छ । 

विदेशबाट आयात नगर्दा पनि हुने वस्तुमा करको माध्यमबाट सरकारले कस्ने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन आयातित वस्तुमा सरकारले कडाइको नीति लिएको हो । महंगा स्मार्टफोन, टिभीको आयातमा पनि कडाइ गरिने भएको छ । मानव स्वास्थयमा हानी पर्ने वस्तुमा पनि निरुत्साहीत गर्ने सरकारको नीति छ । यसले महंगा रक्सीहरु पनि भित्रन नदिने देखिएको छ । 

आगामी ३ वर्षमा खाद्य वस्तुको आयात ५० प्रतिशतले घटाउने  र यसका लागि सरकाले कृषकलाई तालिम उपलब्ध गराउँने कार्ययोजनामा भनिएको छ  ।  सरकारले केही वस्तुको आयातमा कोटा समेत तोक्ने देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया