काठमाडौं- लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपालको तदर्थ समिति गठन भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको संयोजकत्वमा समिति गठन भएको हो ।
राजधानीमा सोमबार सम्पन्न नेपाली कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले सिंहको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सह— संयोजकमा प्रकाश बहादुर सेठी र राजेन्द्र पहारी रहेका छन् । समितिको सदस्यहरूमा रमेश दाहाल, शम्भु ठाकुर, शान्तकुमार श्रेष्ठ, ऋषिराम अधिकारी, रुद्र शर्मा, भरत कुमार डाँगी, लक्ष्मण स्वाँर र मोहनकुमारी कालिकोटे रहेका छन् ।
नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागको आयोजनामा आयोजित भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।
नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका संयोजक मदनबहादुर अमात्यको सभापतित्वमा सम्पन्न भेलामा ६ सयभन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको विभागका सदस्य सचिव ईन्जिनियर आङ दोर्जी लामा (ए.डी) ले जानकारी दिए ।
भेलाले आगामी ६ महिनाभित्रमा७७ जिल्ला र ७ प्रदेशमै संगठन विस्तर गर्ने निर्णय गरेको छ । साथै संघको विधानतयार गरी नेपालीकांग्रेसको शुभेच्छुक संस्थाको रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाल (ने.का) दर्ता गरिने निर्णय पनि भएको छ ।
प्रतिक्रिया