नेपाली पाइलट हुँदाहुँदै नेपाल वायुसेवा निगमले वाइडबडी र न्यारोबडी जहाजमा ११ जना विदेशी पाइलट लिएको छ ।
प्रतिपाइलट मासिक २० हजार डलर तलब दिइएको छ । उनीहरूका लागि दुई करोड ४२ लाख रुपैयाँ मासिक फजुल खर्च भइरहेको छ । एयरबस ३२० (न्यारोबडी) जहाजका लागि १६ जना क्याप्टेन र १६ जना नै कोपाइलट चाहिन्छ । अहिले न्यारोबडीमा २३ जना क्याप्टेन र १० जना मात्र कोपाइलट छन् । अर्थात् न्यारोबडीका लागि चाहिनेभन्दा ६ जना बढी क्याप्टेन छन् । तीमध्ये तीनजना विदेशी हुन्, तर एयरबस ३३० (वाइडबडी) मा १८ जना क्याप्टेन र १८ जना कोपाइलट चाहिन्छ । तर, निगमसँग १२ जना क्याप्टेन र ११ जना कोपाइलट मात्रै छन् । क्याप्टेनमध्ये चारजना नेपाली हुन् भने आठजना विदेशी हुन् । तर, न्यारोबडी उडाइरहेका पाइलटलाई एक साताको तालिम दिएर वाइडबडीमा सार्न सकिन्छ । ‘प्रतिक्याप्टेन २० हजार अमेरिकी डलर तलब दिएर आठजना विदेशी क्याप्टेन राखिएको छ । उनीहरूलाई वाइडबडीमा सार्न सकिन्छ । न्यारोबडीमा पनि तीनजना विदेशी पाइलट छन्,’ स्रोतले भन्यो, ‘यो सीधासीधा आर्थिक चलखेल हो ।’ नयाँ पत्रिकामा खबर छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।