काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बिहीबार तोलामा २ हजार २०रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार २ हजार ४० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया