काठमाडौं - फोर्ब्सको रियल–टाइम बिलियनेर्स रैंकिङले हालै विश्वका धनी व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । जसमा अमेरिकी व्यवसायी एलोन मस्कको स्थान सबैभन्दा अगाडी रहेको छ । त्यस्तै विश्वका १० धनी व्यक्तिहरूमा आठ जना संयुक्त राज्य अमेरिकाका रहेका छन् भने दुई जना मात्र अन्य ठाँउबाट रहेको छन् ।
विश्वकै सबैभन्दा धनी व्यक्ति ५३ वर्षीय एलोन मस्कको सम्पत्ति ४३४२.९ अर्ब डलर गिरावट आएको छ। मस्कको सम्पत्तिमा गिरावट आएतापनि उनी पुनः विश्वकै पहिलो धनी व्यक्ति बनेका हुन् । उनको सम्पत्तिको प्रमुख स्रोत टेस्ला, स्पेसएक्स कम्पनी हो ।
विश्वका धनी व्यक्तिहरूको दोस्रो स्थानमा जेफ बेजोस रहेका छन् उनी पनि अमेरिकी व्यवसायी हुन् । ६१ वर्षीय बेजोसको सम्पत्ति ४२०९.२ अर्ब डलरले वृद्धि भई रहेको छ । बेजोसको सम्पत्तिको प्रमुख स्रोत अमेजन कम्पनी रहेको छ ।
फेसबुकका निर्माता मार्क जुकरबर्ग विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनको सम्पत्ति अहिले ४१९९.५ अर्ब डलरले बढेको छ । ४० वर्षीय जुकरबर्गको सम्पत्तिको प्रमुख स्रोत फेसबुक हो । जुकरबर्ग पनि संयुक्त राज्य अमेरिकाका व्यवसायी हुन् ।
विश्वका १० धनी व्यक्तिहरूको सूचीमा चौथो स्थानमा ल्यारी एलीसन रहेका छन् । ८० वर्षीय एलीसनको पनि संयुक्त राज्य अमेरिका व्यवसायी हुन् । उनको सम्पत्तिको प्रमुख स्रोत ओरेकल कम्पनी हो । उनको सम्पत्ति १७६।.३ अर्ब डलरले बढेको छ ।
धनी व्यक्तिहरूको सूचीमा पाँचौँ स्थानमा फ्रान्सका बर्नार्ड आर्नोल्ट र उनमा परिवार पर्दछन् । उनको सम्पत्ति ४१६५.२ अर्ब डलर बढेका छ । आर्नोल्टको सम्पत्तिको प्रमुख स्रोत एलभीएमएच कम्पनी हो । ७६वर्षीय उनी युरोपका सबैभन्दा धनी व्यक्तिका रूपमा चिनिन्छन् ।
वारेन बफेट धनी व्यक्तिहरूको सूचीमा छैटौँ स्थानमा परेका छन् । उनी संयुक्त राज्य अमेरिकाका व्यवसायी हुन् । हाल उनको सम्पत्ति ४१६४.२ अर्ब डलर घटेको छ । ९४ वर्षीय हैथवेको सम्पत्तिको प्रमुख स्रोत बर्कशायर हैथवे हो । उनी एक विश्व प्रसिद्ध लगानीकर्ता पनि हुन् ।
सातौँ धनी व्यक्तिमा संयुक्त राज्य अमेरिकामा ल्यारी पेज रहेका छन् । ५२ वर्षीय पेजको सम्पत्तिमा ४१२९.१ अर्ब डलरले गिरावट आएको छ । उनको सम्पत्तिको प्रमुख स्रोत गुगल हो ।
धनी व्यक्तिहरूको सूचीमा आठौँ स्थानमा सेर्गेई ब्रिन रहेका छन् । उनी संयुक्त राज्य अमेरिकाका व्यवसायी हुन् । ५१ वर्षीय ब्रिनको सम्पत्तिको प्रमुख स्रोत गुगल हो । उनी गुगलका अर्का सह-संस्थापक हुन् । उनको सम्पत्तिमा १२३.८ अर्ब डलरको कमी आएको छ ।
विश्वका धनी व्यक्तिहरूको सूचीमा नवौँ स्थानमा अमांसियो ओर्टेगा रहेका छन् । उनको सम्पत्तिमा ४११५.१ अर्ब डलरले वृद्धि भएका छन् । ८९ वर्षीय ओर्टेगाको सम्पत्तिको प्रमुख स्रोत जारा हो । उनी स्पेनका व्यवसायी हुन् ।
दशौँ विश्वका धनी व्यक्तिमा स्टीव बाल्मर रहेका छन् । उनको सम्पत्तिको प्रमुख स्रोत माइक्रोसफ्ट हो । ६९ वर्षीय बाल्मरको सम्पत्तिमा ४११४.८ अर्ब डलरले कमी आएको छ ।
एसियाका सबैभन्दा धनी व्यक्ति भने मुकेश अम्बानी हुन् । ६७ वर्षीय अम्बानी भारतीय नागरिक हुन् । उनी विश्वको १६ औँ धनी व्यक्तिमा पर्दछन् । हालैको तथ्यांक अनुसार उनको सम्पत्तिमा ९५.९ अर्ब डलरले कमी आएको छ ।
विश्वको सबैभन्दा धनी महिला संयुक्त राज्य अमेरिकाकी एलिस वाल्टन हुन् । उनी विश्वको १७ औँ धनी व्यक्तिमा पर्दछिन् । उनको सम्पत्तिमा ९५.२ बिलियन डलरले कमी आएको छ । ७५ वर्षीया वाल्टनको सम्पत्तिको प्रमुख स्रोत वालमार्ट हो ।
विश्वका सबैभन्दा कान्छा धनी व्यक्ति क्लेमेन्टे डेल भेचियो हुन् । उनी ५०७ औँ धनी व्यक्तिमा पर्दछन् । उनी २० वर्षीय इटालियन नागरिक हुन् । उनको सम्पत्तिको प्रमुख स्रोत आइगाल्स कम्पनी हो ।
नेपालका सबैभन्दा धनी व्यक्ति बिनोद चौधरी विश्वको १७३४ धनी व्यक्ति हुन् । ६९ वर्षीय चौधरीको सम्पत्ति ४२.० बिलियन डलरले कमी भएको छ । उनको सम्पत्तिको प्रमुख स्रोत विविध रहेका छन् ।
प्रतिक्रिया