पूर्व राजाप्रति ओलीको आक्रोश : ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्

सोमबार, १८ चैत्र २०८१, १३ : ११

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति नपाउने बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधि सभामा जबाफ दिँदै  प्रधानमन्त्री ओलीले हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजाले लिनुपर्ने र उनले पनि उन्मुक्ति नपाउने  बताएका छन्। 

प्रधानमन्त्री ओलीले तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराएअनुसार सभा नगरेको बताए।  तीनकुनेमा सभा वा नभई प्रदर्शनका जनकमाण्डर आफैले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइएको प्रधानमन्त्री ओलीले बताए।

 
 
सोमबार, १८ चैत्र २०८१, १३ : ११

प्रतिक्रिया