मनसुन ढिलाई हुँदा देशभर गर्मी, मुख्य शहर तातिँदै

४ बर्ष अगाडि

काठमाडौँ– नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । 

 यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । 
चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ ।
यसवर्षको मे महिनामा अर्थात् वैशाख २९ गते ४३.५ को अत्यधिक तातो महसुस गरिएको बाँके जिल्लाको नेपालगञ्जमा त्यसपछि तापक्रम ओरालो लाग्यो । तर प्रिमनसुन कमजोहुँदै जाँदा तातो बढ्न थालेपछि तापक्रम फेरि उकालो चढ्दैछ । शुक्रबार जुन १४ मा ४१.५ तापक्रम रेकर्ड भयो । यस्तै मे २७ मा धनगढीमा सबैभन्दा बढी ४२.६ डिग्री तापक्रम रेकर्ड भएको थियो । 
मौसम विज्ञान विभागका अनुसार पोखरामा शनिबार ३४.० डिग्री तापक्रम छ । गतवर्षको जुन महिना २० तारिखको सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको रेकर्ड पोखराले यसपाला पाँचदिन अघि नै तोडेको छ । वैशाख २९ गते पोखरामा ३२.७ डिग्री तापक्रम थियो । 
अघिल्लो महिना विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम थियो । तर अहिले बढेर ३८.०डिग्री तापक्रम पुगेको छ । गतवर्ष जुन १० का दिन ३७.८ डिग्री तापक्रमको रेकर्ड यसपाला विराटनगरले पछि पारेको छ । गाेरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया