काठमाडौं - ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको छ।
सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र निवेदन पेस गर्नु पर्नेछ।
साथै, तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका पूर्ण आवेदन प्राप्त नभएमा बाँकी बसेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रतिक्रिया