काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय धनुषा र अन्य शाखा कार्यालयका लागि आवश्यक कर्मचारीको दरखास्त आह्वान गरेको हो। लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत १, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि दरखास्त खुलाएको छ।
कम्पनीले इच्छुक र योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिनका लागि अनुरोध गरेको छ। दरखास्त लघुवित्तको केन्द्रीय कार्यालय धनुषा वा इमेल ठेगानामा बुझाउन सकिनेछ।
आवेदन फाराम भने केन्द्रीय कार्यालयबाट वा संस्थाको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
प्रतिक्रिया