काठमाडौं - सीजी इलेक्ट्रोनिक्सले “Refresh, Renew, and Refocus” भन्ने मूल नाराका साथ “CG इलेक्ट्रिक डिलर्स मिट २०८१” सम्पन्न गरेको छ।
व्यवसायिक साझेदारहरूप्रति सम्मान प्रकट गर्दै नवीनतम रणनीतिहरू प्रस्तुत गर्ने र पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा Kent ब्रान्डका फ्यान, MCB , स्विच, एअर कुलर तथा CG ब्रान्डका बल्ब, सब-मीटर, MCB, स्विच लगायतका नयाँ प्रविधियुक्त उत्पादनहरू प्रस्तुत गरिएको थियो। कम्पनीले आगामी दिनमा डिलर नेटवर्कलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहितका योजनाहरू पनि सार्वजनिक गरेको छ।
कार्यक्रमको औपचारिक उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताको विशेष उपस्थितिमा दीप प्रज्वलनसहित सम्पन्न भएको थियो।उद्घाटन मन्तव्यमा निर्वाण चौधरीले नेपाली बजारमा CG को लामो अनुभव र उपभोक्तासँगको सम्बन्धलाई गर्वका साथ स्मरण गर्दै डिजिटल रूपान्तरण र नवीन सेवाहरूमार्फत भविष्यमा थप उत्कृष्टता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, चिराग गुप्ताले नेपाली बजार र उपभोक्ताको प्रशंसा गर्दै Kent का अत्याधुनिक र सर्वसुलभ उत्पादनहरू आगामी दिनमा निरन्तर उपलब्ध गराउने आश्वासन दिए । डिलर मिटको अवसरमा Kent ब्रान्डको एअर कुलर आधिकारिक रूपमा नेपाली बजारमा लञ्च गरिएको छ।
४५, ५०, ७० र ९० लिटर क्षमताका यी कुलरहरूले २५०० देखि ४००० क्युबिक मिटर एअर डेलिभरी गर्न सक्ने क्षमता राख्दछन् र उपभोक्तालाई एक वर्षको वारेन्टीसहित नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ। साथै, CG ब्रान्डको कम विद्युत् खपतमा बढी प्रकाश दिने स्ट्रिट लाइट पनि सोही अवसरमा सार्वजनिक गरिएको हो।
कार्यक्रमको प्रमुख आकर्षणहरूमा नयाँ उत्पादनको प्रदर्शनी, बजार रणनीति सम्बन्धी छलफल, डिलर अनुभव सेसन, नेटवर्किङ सेसन तथा नेपाली सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
CG इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टि र नवीन प्रविधिलाई आगामी वर्षहरूमा प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ। डिजिटल प्रविधिको प्रयोग र सशक्त बिक्री प्रवर्द्धन योजनामार्फत कम्पनीले डिलरहरूसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ।
प्रतिक्रिया