विन नेपाल लघुवित्तको एफपीओमा कति पर्‍यो आवेदन ?

सोमबार, २५ चैत्र २०८१, १० : ११

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ३३७.२९ गुणा बढी आवेदन परेको छ ।

हिजो साँझ  ५ बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जना सर्वसाधारण आवेदकहरूले १ करोड ७३ लाख ५५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो ।

सोमबार, २५ चैत्र २०८१, १० : ११

प्रतिक्रिया