काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको हो । आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रतिक्रिया