प्रि ओपन सेसनमा नेप्से सूचक १५ अंकले बढ्यो

बुधबार, २७ चैत्र २०८१, ११ : २६

काठमाडौं - साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १५.१८ अंकले बढेको छ । 

यससँगै सूचक २६८१.८० विन्दुमा आएको छ । बुधवार १५ लाख ९९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६९ कम्पनीको ४ हजार २९९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८७ वटा कारोबार भएको हो । ३८ कम्पनीको मूल्य बढ्दा २९ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
 

बुधबार, २७ चैत्र २०८१, ११ : २६

प्रतिक्रिया