काठमाडौं - स्काईवेल नेपालले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी खरिद गर्ने ग्राहकलाई युरोप भ्रमणको अवसर दिने विशेष योजना सार्वजनिक गरेको छ।
‘स्काईवेल ड्राइभ २०२५ – नेपाल टु युरोप’ नाम दिइएको यस योजनाअन्तर्गत स्काईवेलको कुनै पनि मोडल खरिद गर्ने जोडी ग्राहकलाई युरोप भ्रमणमा लगिने कम्पनीले जनाएको छ। जेड मोटर्स प्रालिको आधिकारिक वितरकत्वमा नेपाली बजारमा उपलब्ध स्काईवेलको ‘विई ११’ र ‘ईटी ५’ मोडल खरिदकर्ताले अफर अन्तर्गत युरोपेली सडकमा स्काईवेल चलाउने अवसर प्राप्त गर्नेछन्।
युरोपियन बजारमा व्यापक लोकप्रियता कमाएको स्काईवेलले नेपालमा पनि लक्जरी तथा लङ रेन्ज ईभीको रूपमा राम्रो स्थान बनाइसकेको छ। कम्पनीका अनुसार स्काईवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सुरक्षा रेटिङ पाइसकेको छ भने चिनियाँ इभीहरूमध्ये ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो उत्पादन पनि यही हो।
स्काईवेल एसयूभी उच्च आरामदायीपन, सोलिड स्ट्रक्चर तथा सुरक्षाका दृष्टिकोणले युरोपेली स्तरको रहेको बताइएको छ। स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख निर्धारण गरिएको छ भने विई ११ (४१० किमी रेन्ज) को मूल्य ७९ लाख ९० हजार र विई ११ (५२० किमी रेन्ज) को मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ।
यी दुवै मोडल फुल साइज लक्जरी एसयूभी हुन् जसमा १९० एमएम ग्राउन्ड क्लियरेन्ससहितका आधुनिक फिचरहरू उपलब्ध छन्।कम्पनीले ग्राहकलाई स्काईवेलको सवारी साधन युरोपसम्म निर्यात भइरहेको देशमा लैजाने र त्यहीँ स्काईवेल ड्राइभ गराउने लक्ष्यसहित यो योजना ल्याएको जनाएको छ।
योजना अन्तर्गत स्काईवेलको कुनै पनि भेरियन्टको टेस्ट ड्राइभ गर्ने ग्राहकले पनि युरोप भ्रमणको मौका जित्न सक्नेछन्। टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा #TestDriveSkywell र #SkywellDriveNepalToEurope ह्यासट्याग प्रयोग गरी पोस्ट गरेमा सहभागिता मानिनेछ। सहभागीमध्ये एक महिला र एक पुरुष विजेता चयन गरी युरोप भ्रमण गराइने कम्पनीले जनाएको छ।
हाल स्काईवेल नेपालले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने नक्साल, विराटनगर, चितवन, पोखरा लगायत स्थानमा विक्री कक्षहरू पनि सञ्चालनमा छन्।
प्रतिक्रिया