भोलिदेखि आईपीओ निष्कासन गर्दै पियोर इनर्जी

बुधबार, २७ चैत्र २०८१, १३ : ३३

काठमाडौं - पियोर इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने घोषणा गरेको हो । 

कम्पनीले यसअघि १ लाख ६० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय व्यक्तिहरूको लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरेको थियो। 

पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

अब बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। यसमा, लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओको आवेदन दिने अन्तिम मिति वैशाख २ गते तोकिएको छ।

कम्पनीको धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बुधबार, २७ चैत्र २०८१, १३ : ३३

प्रतिक्रिया