काठमाडौं - सिप्रदी ट्रेडिङले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ ।
कम्पनीले काठमाडौंका लागि एक जना एसिस्टेन्ट म्यानेजर र भैरहवाका लागि एक जना जुनियर अफिसर माग गरेको हो। एसिस्टेन्ट म्यानेजर पदमा आवेदन दिने इच्छुकले व्यापार, वित्त वा सम्बन्धित विषयमा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, व्यापार, वित्तसँग सम्बन्धित कामको अनुभव हुनु पर्नेछ।
यस्तै, जुनियर अफिसर पदको लागि स्नातक तह उत्तीर्ण गरेको वा +२ उत्तीर्ण गरेको भए सम्बन्धित कामको १ वर्षको अनुभव हुनुपर्नेछ।काम गर्न इच्छुकले चैत २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया