राजावादी आन्दोलनका कार्यवाहक संयोजक जगमान भन्छन्- बैशाख २२ गते सामूहिक गिरफ्तारी दिने हो

बुधबार, २७ चैत्र २०८१, १४ : ३६

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् । 

बुधवार आयोजित पत्रकार सम्मेलनमा डा।गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने पनि बताए । 

गुरुङले भने,  ‘२२ गतेका दिन सामूहिक गिरफ्तारी दिने हो । म आफैँ पहिला हिँड्छु तपाईंहरु कोको आउनुहुन्छ आउनुस्’ उनले ज्यानको माया मारेर अगाडि बढ्ने तर भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताए । 
 

बुधबार, २७ चैत्र २०८१, १४ : ३६

प्रतिक्रिया