काठमाडौं - साताको चौथो कारोबार दिन नेप्से १३.९० अंकले बढेर २६८०.५२ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सबै हरियाली भएको छ ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, बोटलर्स नेपाल (बालाजु) को ५.१६ प्रतिशत, सोल्टी होटलको ४.१७ प्रतिशत, न्यादी ग्रुप पावरको ३.५८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी होल्डिङको ३० करोड २२ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख १ हजार रुपैयाँ , नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ७२ लाख ११ हजार रुपैयाँ, राधी विद्युत् कम्पनीको २० करोड ४४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया