काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको सहयोग बिमस्टेकको कृषिमन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । यो कृषिमन्त्रीस्तरीय तेस्रो बैठक हो ।
नेपालका कृषिमन्त्री रामनाथ अधिकारीले यो बैठकको अध्यक्षता गरेका छन् । बैठकमा भाग लिग भारतीय कृषिमन्त्री शिवराज सिंह चौहान, भुटानी कृषिमन्त्री र श्रीलंकन कृषिमन्त्री काठमाडौं आएका छन् ।
सात सदस्यीय यो समूहका अन्य कृषिमन्त्रीहरू भने भुर्चअल रूपमा बैठकमा सहभागी भएका छन् । मन्त्रीयस्तरीय बैठक हुनुअघि मंगलबार सचिवस्तरीय बैठक भएको थियो । थाइल्यान्डको बैंककमा बिमस्टेक शिखर सम्मेलनपछि काठमाडौंमा कृषिमन्त्रीस्तरीय बैठक भएको हो ।
प्रतिक्रिया