तीनकुने घटनाको अनुसन्धान गर्न नागरिक छानबिन आयोग गठन

बुधबार, २७ चैत्र २०८१, १५ : ४९

काठमाडौं- तीनकुनेमा चैत १५ गते राजसंस्था पुनः स्थापनाका लागि गरिएको कार्यक्रममा हिंसा भड्किएपछि भएको घटनाबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको  छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आयोगको सदस्यमा पूर्व एआइजी रविराज थापा, डा.रामप्रसाद उप्रेती, डा.ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन् ।

chhanbin

बुधबार, २७ चैत्र २०८१, १५ : ४९

प्रतिक्रिया