३३ वटा सवारी साधन प्रदूषण परीक्षणमा २४ वटा फेल

बुधबार, २७ चैत्र २०८१, १६ : १७

काठमाडौं - काठमाडौं महानगरपालिका, महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वाधनमा आज टिकाथली नेपाल यातायातको बस स्टपमा सवारी साधनको प्रदूषण परीक्षण गरिएको छ ।

त्यस्तै, आज ३३ वटा सवारी साधनको प्रदूषण परीक्षण जाँच गर्दा २४ वटा सवारी साधन फेल भेटिएका हुन्, भने ९ वटा सवारी साधन ठिक हालतमा रहेको काठमाडौं महानगर प्रहरीले जनाएको छ । 

फेल भएका सवारी साधनलाई पुन मर्मत गरी सञ्चालनमा ल्याउने सहमति भएको प्रहरीले जनाएको छ । 

बुधबार, २७ चैत्र २०८१, १६ : १७

प्रतिक्रिया