दुर्गा प्रसाईं भन्छन्- मानवअधिकारवादी र कानुन व्यवसायीको रोहवरमा उपस्थित हुन तयार छु

बुधबार, २७ चैत्र २०८१, २० : २५

काठमाडौं -काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू नभागेको बताउँदै मानव अधिकार तथा वकीलहरुको रोहवरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले मानवअधिकारवादी र आफ्ना केही वकिलहरुको रोहबारमा सार्वजनिक हुन तयार रहेको बताएका हुन् । 

उनले भनेका छन्, ‘ मेरा जीवनको ग्यारेन्टी गर्नुहुन्छ भने पाँच जना मानवअधिकारवादी र वकिलको रोहवरमा म २४ घण्टाभित्र आउन तयार छु ।’

उनले आफू नेपालमै रहेको दाबी गर्दै तीनकुने घटनामा निधन भएकाहरुको परिवारलाई पाँच लाख दिने समेत घोषणा गरेका छन् ।

बुधबार, २७ चैत्र २०८१, २० : २५

प्रतिक्रिया