गगनले बोली फेरे, महाधिवेशन सार्ने पक्षमा उभिए

विहीबार, २८ चैत्र २०८१, १६ : ००

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि पार्टीको १५ औँ महाधिवेशन सार्ने पक्षमा देखिएका छन् । थापाले पार्टीको महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएर महाधिवेशनको मिति सार्ने पक्षमा आफू रहेको सन्देश दिएका हुन् ।

कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । पार्टी विधान अनुसार १५ औँ महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ । तर, थापाले बिहीबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ अन्तगर्तको प्रदेश सम्मेलनमा महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गत फागुन २ गते बसेको संस्थापन पक्षीय ११ नेताहरूको बैठकले महाधिवेशन एक वर्ष सार्ने अनौपचारिक रूपमा सहमति गरेको थियो ।

आफूलाई १४ औँ महाधिवेशनमा सहयोग गरेका नेताहरूसँग सभापति देउवाले कांग्रेससँग सत्ता सहकार्य गर्दा भएको सहमतिमा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री हुने उल्लेख गरेको र त्यो समय २०८३ असार ३० गते भएकाले त्यसबेलासम्म महाधिवेशनको प्रक्रिया सुरु नगर्ने प्रस्ताव राखेका थिए  ।

 
विहीबार, २८ चैत्र २०८१, १६ : ००

प्रतिक्रिया