तीनकुनेमा निधन भएका सुरेश रजकको घरमा पुगेर सापकोटाले भने- हामी परिवारको साथमा छौं

विहीबार, २८ चैत्र २०८१, १७ : २०

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन्। पार्टी अध्यक्ष प्रचण्डको सन्देश लिएर पुग्नुभएका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गरे।

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कार्वाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेका थिए ।

परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिईरहेको प्रवक्ता सापकोटाले बताए । अपरान्ह ३ बजे प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित उनी सुरेश रजकको परिवारसंग भेट गरेका हुन् ।

विहीबार, २८ चैत्र २०८१, १७ : २०

प्रतिक्रिया