पञ्चकन्या समूहको आयोजनामा तीन अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

शुक्रबार, २९ चैत्र २०८१, १० : २९

काठमाडौं- स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशको रूपमा पञ्चकन्याको समूह आयोजनामा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।

पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । 

यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका डा.उज्वल चालिसेको नेतृत्वमा, सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै, शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परिक्षण सहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो। कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वको बारेमा जागरूकता बढाउनमा पनि केन्द्रित रहने अपेक्षा कम्पनीले गरेको छ ।

पाँच देखि नब्बे वर्ष उमेरका ४३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा २०३ वटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँचहरू समावेश भएका थिए। यस जाँचका क्रममा एक जना व्यक्तिलाई क्यान्सर भएको पत्ता लागेको थियो र सोको तुरुन्तै उपचारका साथै निःशुल्क औषधि समेत प्रदान गरिएको थियो, जसमा १९ जनामा लक्षणहरू देखा परेका थिए र थप प्रयोगशाला रिपोर्टहरूको पर्खाइमा रहेको कम्पनीले जनाएको छ । यस शिविरबाट लगभग ९५% सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथाङ्गक कम्पनीले सार्वजनिक गरेको छ ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) र जनस्वास्थ्य पहलहरूप्रतिको समर्पणलाई यस शिविरले पुनः पुष्टि गरेको बताएका छन । त्यस्तै तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खान र श्रम कार्यालयका कार्यवाहक प्रमुख ऋषि राम पन्थी लगायत स्थानीय समाजसेबीहरुले कम्पनीले नाफाभन्दा सामुदायिक स्वास्थ्यलाई प्राथमिकता दिने पहलको मुक्तकण्ठले प्रशंस गरेका थिए ।

यस प्रभावकारी पहलले रोगको प्रारम्भिक निदान र स्वस्थ जीवनशैलीको महत्ववलाई जोड दियोकोमा नगरपालिका प्रतिनिधीहरुले भविष्यमा पनि यस्तै कार्यक्रमहरूको लागि बलियो समर्थन प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

पञ्चकन्या समूह नेपालको एक अग्रणी औद्योगिक समूह हो, जुन पाइप, फिटिंग, निर्माण सामग्री र निर्माणमा क्षेत्रमा उत्कृष्टताको लागि आम ग्राहक माझपरिचित छ । दिगोपन र संस्थागत सामाजिक उत्तरदायित्वमा बलियो ध्यान केन्द्रित गर्दै, कम्पनीले स्वास्थ्य, शिक्षा, र वातावरणीय दिगोपनका पहलहरू मार्फत समुदायको हित रक्षा गर्न समर्पित रहेको छ ।

शुक्रबार, २९ चैत्र २०८१, १० : २९

प्रतिक्रिया