सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार हुँदै

शुक्रबार, २९ चैत्र २०८१, ११ : ११

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ। शुक्रबार यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । 

यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको हो।

शुक्रबार, २९ चैत्र २०८१, ११ : ११

प्रतिक्रिया